काठमाडौं । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक रूपले अनुपम, सुन्दर एवं कृषियोग्य भूमि हो, रामेछाप जिल्लामा अवस्थित सुनापति गाउँपालिका । साविकका गुन्सी, दिमीपोखरी, हिलेदेवी, बेथान र खनियापानी गाउँ विकास समितिहरू बनेर २०७३ साल फागुन २७ गते बनेको यस गाउँपालिकाकोे पूर्वमा खाँडादेवी गाउँपालिका, पश्चिममा चौँरीखोला गाउँपालिका, उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ । ८६ दशमलव ९८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ५ वटा वडा छन् ।
सुनापति डाँडाको नामबाट नामाकरण भएको हो । रामेछाप जिल्लामा सुनापति डाँडाको आफ्नो अलग्गै पहिचान छ । यस डाँडामा महादेवको मन्दिर र बौद्ध धर्मावलम्बीहरूको पुरानो ऐतिहासिक माने, लहरे माने छ । जुन पुरातत्व विभागमा समेत सूचीकृत भइसकेको छ । सुनापति एक धार्मिक एवं सांस्कृतिक विविधताले भरिपूर्ण पर्यटकीय गन्तव्य पनि हो ।
यस सुनापति गाउँपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक र उदाहरणीय छन् । उत्पादनमूलक आयमूलक, रोजगारमूलक आयोजना तथा कार्यहरू छनोट गरी त्यसबाट आउने प्रतिफल आम जनसमुदायमा सन्तुलित प्रकारबाट पु¥याएर समृद्ध समाजको निर्माण गर्दै आएको छ, यस गाउँपालिकाले । ‘समृद्ध र सुखी सुनापति : कृषि, पर्यटन हाम्रो सम्पत्ति’ भन्ने मूल नारालाई सार्थक बनाउँदै अगाडि बढेको छ सुनापति गाउँपालिका ।
अथाह प्राकृतिक, धार्मिक सम्पदाले धनी छ, सुनापति गाउँपालिका । पर्यटकीय हिसाबले यस गाउँपालिका निकै सम्भावना बोकेको पालिका हो । यस पालिका क्षेत्रका थुप्रै स्थानहरू आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । उपलब्ध स्रोत र साधनको समुचित उपयोग गरेर यस गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि उदाहरणीय र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । पर्यटन प्रवद्र्धनका लागि विभिन्न ऐतिहासिक मठ मन्दिर, गुम्बा, छोर्तेन, मूर्ति निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ, यस सुनापति गाउँपालिकाले । सुनापति गाउँपालिकाको वडा नं ४ वेथान र वडा नम्बर ३ हिलेदेवीको संगमस्थलमा डम्फू पार्क निर्माण गरिएको छ । डम्फू पार्कमा आकर्षक डम्फू र टुंगना राखिएको छ । लुभु, बेथान, हिलेदेवी, गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको यस पार्क आन्तरिक पर्यटकहरूको रोजाइमा परेको छ । यस पार्कबाट पर्यटकीय गन्तव्य शैलुङ, दोलखाको गौरीशंकर हिमाललगायत क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।
यस गाउँपालिकामा कृष्ण वर्णेश्वर धार्मिकस्थल, लखपति डाँडा जस्तामा पर्यटकीय क्षेत्र छन् । लखपति डाँडाबाट पनि विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । सुनापति गाउँपालिकाकै वडा नम्बर ४ पानीघाटमा शहिद स्मारक पार्क निर्माण गरिएको छ । यस पार्कमा पनि आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । यस पालिकाको वडा नम्बर ३ मा ५६ फिट अग्लो सेतो मछिन्द्रनाथको मूर्ति निर्माण गरिएको छ । सुनापति डाँडाको काखैमा रहेको ऐतिहासिक पोखरीको बीचमा कलात्मक रूपमा फक्रँदै गरेको कमलको फूलमाथि गुरु रिम्पोछेको २० फिट अग्लो मूर्ति निर्माण गरिएको छ । पालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने कार्यमा गाउँपालिकाले ध्यान दिँदै आएको छ । ‘सुनकोशीको तिर ः सुनापतिको शिर, घुम्न आउनु सुनापति छैन कुनै पिर’ भन्ने अभियानका साथ पर्यटन प्रवद्र्धनका लागि सुनकोशी नदीमा ¥याफ्टिङ र सुनापति डाँडाबाट प्याराग्लाइडिङ सञ्चालन गर्न निजी क्षेत्रसँग समन्वय गरी सुरुवात गर्न पनि यस पालिकाले पहल गर्दै आइरहेको छ । यस गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको व्यवस्थापनका लागि होमस्टे समेत सञ्चालनमा ल्याएको छ । यस गाउँपालिकालाई थांका हब समेत घोषणा गरिएकाले झनै गौरव बढाएको छ । मौलिकता जगेर्ना गर्ने रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ थांका हब घोषणा गरिएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न पुर्वाधार तथा सुविधाहरू उपलब्ध गराउन आवश्यक व्यवस्था गर्दै आएको छ, यस स्थानीय तहले ।
विकासको पहिलो स्तम्भ शिक्षा हो । शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै पालिका क्षेत्रभित्रका विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशासित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस पालिकाले प्रशस्तै कामहरू गरेको छ । पालिका क्षेत्रमा सामुदायिक विद्यालयहरूलाई पूर्णरूपमा व्यवस्थित गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस गाउँपालिकाले सहयोग गर्दै आइरहेको छ ।
यस पालिकाका अधिकांश वासिन्दाहरूको प्रमुख आम्दानीको स्रोत कृषि उत्पादन हो । कृषिको आधुनिकीकरण, विविधीकरण तथा व्यवसायीकरण गरी आय आर्जनका लागि प्रभावकारी कामहरू भएका छन् । चिया विकास र विस्तारमार्फत कृषि र पर्यटन विकास गर्ने तथा कृषि बाली र फलफूल पकेट र ब्लक स्थापना गरी कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्ने अभियानमा यस गाउँपालिका लागेको छ । यस गाउँपालिकामा चिया खेती पनि भइरहेको छ । यस पालिकाका केही क्षेत्रमा चिया खेतीका लागि सुहाउँदो हावापानी छ । बालीहरूको उत्पादन र उत्पादकत्वमा वृद्धि र रोजगारीको सिर्जना गर्न पकेट विस्तार कार्यक्रम अन्तर्गत मकै पकेट, च्याउ पकेट निरन्तरताको कार्यक्रम सम्पन्न भइसकेको छ ।
भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस पालिका क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरू भएका छन् । जटिल भौगोलिक धरातल र न्यून आन्तरिक आयको बीचमा पनि गाउँपालिकाको सबै क्षेत्रमा सडकको सहज पहुँच छ । गाउँपालिकाबाट जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौंसम्म सडक सञ्जाल विस्तार भएको छ ।
यस पालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरू प्रविधि र पूर्वाधारयुक्त बन्दै गइरहेका छन् । आधारभूत स्वास्थ्यसेवालाई सर्वसुलभ, प्रभावकारी र गुणस्तरीय बनाउन पूर्वाधार विकास, नियमित औषधि, उपकरण आपूर्तिको व्यवस्था गर्दै आएको छ, यस स्थानीय तहले । सबै वडाहरूमा २४ सै घन्टा प्रसूति सेवा सुचारु छ भने आधा–आधा घन्टाको पहुँचमा सबै पालिकावासीलाई स्वास्थ्यसेवा पु¥याइएको छ ।
गाउँपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस सुनापति गाउँपालिकाले । उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै सेवाहरूको सुनिश्चितता प्रदान गर्दै आइरहेको छ यस सुनापति गाउँपालिकाले । स्थानीय तहहरूको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । विकास निर्माणका अलावा सामाजिक परिचालन, चेतना जागरण तथा आय आर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन् स्थानीय तहहरूले । सुनापतिको समग्र विकासका लागि नेतृत्वदायी निकायको भूमिका निर्वाह गर्दै आइरहेको छ सुनापति गाउँपालिकाले ।
प्रतिक्रिया