काठमाडौं । नेपाल फ्रेट फरवार्ड्स एसोसिएसन (नेफा)को २४ औँ वार्षिक साधारण सभाले राजेन्द्र सङ्ग्रौलाको नेतृत्वमा
नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा नरेशकुमार अग्रवाल, उपाध्यक्षमा अशोकमान कपाली, महासचिवमा हरिप्रसाद ढकाल, कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ, सचिवमा सुजनकुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जीव अर्याल निर्वाचित गरेको छ ।
त्यसै गरी कार्यकारिणी समिति सदस्यहरूमा सहदेव बन्जारा, मनिषमान श्रेष्ठ, गङ्गाराम पुडासैनी, गङ्गाबहादुर राया, सजीव शाक्य, राजेशचन्द्र प्रधानाङ्ग र प्रनुसा कार्की निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एसोसियसनले जनाएको छ ।
प्रतिक्रिया