काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने पार्टी अध्यक्ष केपी ओलीको निर्णयको विरोध गर्न एमालेका कार्यकर्तालाई अपिल गरेका छन् । पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णयलाई रावलले ओलीको निरकुंश, स्वेच्छाचारी र तानाशाही भन्दै सामाजिक सञ्जालमा उनले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको पार्टीका कार्यकताले विरोध गर्नेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।
‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले भनेका छन् ।
बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया