काठमाडौं । भक्तपुरको बालकोटमा भएको हत्या घटनामा प्रहरीले मृतकको जेठो छोरालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविणको हत्या अभियोगमा जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएको थियो ।
पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएकोले हत्या गरेको उनको भनाइ रहेको प्रहरीको भनाई छ । बाबु र भाइको हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको उनले प्रहरी सामु बताएका छन् ।
प्रतिक्रिया