काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको उपत्यका कार्यसमिति सर्वसम्मतले चयन गरिएको छ ।
हालै भएको साधारणसभाले उपत्यका कार्यसमिति काठमाडौंको पाँचौं कार्यकालका लागि रघु पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
यसैगरी प्रथम उपाध्यक्षमा राजेन्द्र सिंखडा, उपाध्यक्षमा कृष्ण बहादुर धिताल, सचिवमा तिलक बहादुर श्रेष्ठ, कोषाध्यक्षमा बालकृष्ण श्रेष्ठ र सह–सचिवमा मिलन रायमाझी सर्वसम्मत भएका छन् ।
त्यस्तै सदस्यहरुमा जावेद अन्सारी, काली प्रसाद दाहाल, विष्णु प्रसाद पण्डित, रविन्द्र बज्राचार्य, अमृत नेपाल र कृष्ण मानन्धरपनि सर्वसम्मत भएको निर्वाचन समितिका संयोजकसमेत रहेका केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विजेन्द्र विक्रम शाहले जानकारी दिए । निर्वाचन समितिमा शाहसहित महासचिव प्रकाश श्रेष्ठ र केन्द्रीय सदस्य राकेश मेहता पनि रहेका थिए ।
साधारण सभा उपत्यका कार्यसमितिमा निवर्तमान अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्व एवं केन्द्रीय अध्यक्ष निमनाथ फुयाँलको प्रमुख आतिथ्यतामा भएको थियो ।
साधारणसभाले संघलाई अझ सशक्त बनाउने निर्णय गर्दै मसलन्द तथा शैक्षिक सामाग्री क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसैबीच, नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको केन्द्रीय २५ औं साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशन भने पुस २७ गते काठमाडौंमा हुने भएको छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ ।
प्रतिक्रिया