देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली आफैं सरकार अस्थिर बनाउँदै

देशान्तर


देशान्तर विशेष संवाददाता
काठमाडौं । कहिले माओवादी सुप्रिमो प्रचण्डको कथन त, कहिले भारतीय गुप्तचर संस्था ‘रअ’ का हैसियत नखुलेका एक एजेन्टले यति दिनमा सरकार ढल्दैछ भन्ने अमूक अन्तरवार्ताको खण्डन गर्दै हिंडेका, झण्डै दुईतिहाई बहुमतको सरकारका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली र उनको सरकारका प्रवक्ता लगायत मन्त्रीहरुले खण्डन गर्दै हिंडेका कारण उनीहरुकै कारण सरकारको स्थिरतामा शंका बढेको छ । ओलीलाई टेको दिएर प्रधानमन्त्री बनाउने संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका कुनै नेताले पनि सरकार ढल्नेबारे अभिव्यक्ति र चलखेल गरेको सूत्रहरुले दावी नगर्दा पनि सरकारको आयूको बारेमा चलेकै हल्लाको भरमा हप्तैपिच्छे स्वयम् प्रधानमन्त्री ओलीले खण्डन गर्दै हिंड्नुको कारण सरकार अस्थिर बनेको राजनीतिकवृत्तमा चर्चा छ ।


‘आफू नै सर्वेसर्वा हुँ’ भन्ने दम्भ राखेका ओलीले संसदबाट दुई तिहाईभन्दा बढी सांसदको समर्थन पाए पनि जनताको पक्षमा उनको सरकारले काम गर्न सकेको छैन । अस्थिरताको कारक प्रचण्ड भनेर पहिला भन्ने प्रधानमन्त्री ओली अहिले आफैँ फेरि अस्थिरताको कारक बन्ने बाटोमा छन् । उनी प्रधानमन्त्री भएको दक्षिणको छिमेकी भारतले निको मानेको छैन भने उतैका एजेन्टले वर्तमान सरकारको आयुबारे भविष्यवाणी गर्न थालेका छन् ।
भारतीय गुप्तचरी संस्था ‘रअ’का पूर्वएजेन्टले एक महिनाको समयसीमा नै दिएपछि फेरि एक पटक काठमाडौंको राजनीति भने तातिएको छ । अहिले कुनै पनि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री वा मन्त्रीहरू पुगेर भाषण गर्दा सरकारको आयुबारे जवाफ दिँदै हिँड्नु पर्ने अवस्था आएको छ ।


नेकपा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमतिको जगमा निर्माण भएको यो सरकारको कामप्रति स्वयं सत्ता घटक नेपाली कांग्रेस पनि सन्तुष्ट नरहेको सोही पार्टीकै नेताहरू बताउँछन् । तर अहिलेको अवस्थामा सरकार फेरबदलको खेलमा लाग्दा पार्टीलाई पनि धक्का पुग्ने भएकाले कांग्रेसले संस्थागत रूपमा भने सरकारको बचाउ गर्दै आएको छ ।
वर्तमान सरकार सय दिन पुगेको उपलक्ष्यमा उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई ७० प्रतिशत सफल भनेका थिए । तर वर्तमान सरकारले नेपाली जनतामा आशा जगाउन नसकेको राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन् । हनिमुन पिरियडपछि प्रधानमन्त्री ओली उत्तरी छिमेकी मुलुक चीनको ४ दिने भ्रमण पूरा गरेर फर्किए । चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेर फर्किए लगत्तै नेपाली कांग्रेससँग ठाकठुक परेको रूपमा राजनीतिक वृत्तमा अर्थ लगाइए पनि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर ‘ड्यामेज कन्ट्रोल’ गर्न सफल भए ।


तर, कांग्रेसकै नेताहरू वर्तमान सरकारको पक्षमा दरिलो गरी उभिँदा पनि हरेक दिन प्रधानमन्त्री ओलीका सार्वजनिक भाषणबाजीले सरकार संकटमा परेको भनेर शंका गर्नेहरूलाई बल पु¥याएको छ । प्रधानमन्त्री ओलीले हरेक दिन आफैँ अमुक मितिसम्म प्रधानमन्त्री बन्ने र त्यसपछि शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताइरहेका छन् ।
उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताविमुख भएपछि छटपटिई गरेका छन् । बढ्दो अवस्थामा रहेकाले हरेक पटक कांग्रेससँग सरकार बनाउन सकिन्छ कि भनेर प्रयास जारी राखेको कुराहरू सार्वजनिक भइरहेका छन् ।


अहिले राजनीतिक वृत्तमा प्रधानमन्त्री ओलीले नै विपक्षी दलहरूलाई खेल्ने गरी अभिव्यक्ति दिने गरेकाले पनि अरु कुनै कारणले नभई प्रधानमन्त्रीकै कारण वर्तमान सरकार अप्ठेरोमा परेको एक राजनीतिक विश्लेषकले देशान्तरलाई बताए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि प्रधानमन्त्री ओलीले कामभन्दा पनि ‘मेरो सरकार ढल्दैन’ भन्दै हिँड्नु परेको टिप्पणी गरेका छन् । त्यस्तै, एमाले महासचिव शंकर पोख्रेलले पनि वर्तमान सरकारको नढल्ने बताउँदै प्रष्टीकरण दिनुपरेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवा पनि यसैगरी बचाउमा छन् । तर, कांग्रेसकै वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार नढल्ने दाबी गर्छन् । यद्यपि सरकारले कार्यशैली भने परिमार्जन गर्नु पर्नेमा जोड दिन्छन् । कांग्रेस महामन्त्री गगन थापाले पनि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार नढल्ने बताएपनि सरकारको कार्यशैलीप्रति भने चर्को असन्तुष्टि जनाए ।