देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वा !वा !!, वा ! वा !!


यी निर्लज्जको कारण
अर्थतन्त्र थचक्क बस्दै छ
योजना आयोग छ, आवधिक योजना छापिएका छन्
त्यसको कुनै तारतम्य छैन सनकको अगाडि
योजना आयोग कर्मकाण्डी बनेको
म्युजियममा राख्ने आवधिक योजनाहरूको उत्पादनमा
यिनका ठेलीहरू बढिरहेका
न उत्पादनशीलताको, न प्राथमिकताको मतलब
जवाफदेहिता कसैको कतै छैन
कुत उठाउने सनकमा देशभर अबौँको भ्युटावर बन्छन्
अर्थतन्त्र कसैको सनकमा त हिँड्दैन
अनि फटाहा कुरा फलाकेर कसलाई सुनाएको ?
बरु हरिवंशको जवाफ आफैँ सुनुन् उनी
अझै भन्छन्– म हिँडे मुलुक हिँड्यो

मुलुक नै नभएको अवस्था भयो अहिले
‘टेलर मेड’ कानुन संशोधन गर्न सक्ने
मान्छेको अनुहार हेरेर कानुन बनाउन सक्ने
अनि राज्यको सम्पत्ति सनकमा बाँड्न सक्ने
आफ्नो व्यापारिक पार्टनरलाई दिन
६ वर्ष बाँकी हुँदा
२५ वर्षको थप आयु बढाइदिन सक्ने
महामारीमा त मार्रा गरे यिनले

कानुनमै नभएको नवीकरण
हुकुम बोलेर गराइदिन सक्ने
महसुल नतिर्नेको बिजुली जोडाइदिन सक्ने
यस्तो गन्ध नआउने भ्रष्टाचार कहाँ हुन सक्छ विश्वमा अन्त ?
यस्तो लुटपाटको सुशासन कहाँ हुन सक्छ धर्तीमा अन्त ?
समृद्धि र विकासको नाम लिएर
आसनमा बस्न पाउनु नै सुशासन
बोल्नु हो के खर्च लाग्छ र ?
भ्रमको जन्जाल
त्यसको पनि मायाजाल फैलाएर
टुटफुटको गुटै गुटको बिचौलिया द्रव्य नीति
जुन मुलुकको राजनीति बनेको छ
त्यहाँ यी लुच्चा फटाहाहरूले शिखरत्व प्राप्त गरेका छन्
जेल परेको पासपोर्ट देखाएर

‘नंगा नाचे हजार दाउ’
त्यस्तै नै छ यहाँ अहिले
आफै डुङ्ग गनाउँदा सुवास छरेको भन्ने
भ्रष्टाचारको आहालमा रमेर
सुशासनको लामो डिङ हाँक्ने
जनतालाई ऋणको भारी बोकाएर भ्युटावर बनाउने
यस्तो लुट– अर्थनीति आविष्कार गर्नेको
खै † कति कुरा गर्ने खर्बौँ खर्बको ऋण फेरि बोकाएको

यो कस्तो देश बनाए
उनी हिँड्दा देश हिँड्ने
उनी थचक्क बस्दा देश बस्ने
सुरसाको जस्तो मुख लिएर
उनले खाँदै जाँदा देश अघाउने
आफैँले चोर भनेको मान्छेको दीपकको उज्यालोमा
लेखक राइटरहरूको खड्गवाहक
कारिन्दागिरी
शासनको रासन यसरी बटुलिरहँदा पनि
अनि बिक्दै नबिक्ने कुरो अझै बेच्न खोजिरहेको
अब देश हिँड्छ रे †
वा ! वा !!, वा ! वा !!
तर कुनै लाजशरम छैन यिनलाई ।