काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । जितसँगै जनकपुरले ट्रफिसहित १ करोड १०लाख रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पाएको छ ।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । जनकपुरका लाहिरु मिलान्थाले ४९ बलमा ८७ रनको इनिङ खेले । उनले ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको योगदान दिए । हर्ष थाकर ३० रन र मायन यादव २ रनमा अविजित रहे ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, सैफ अलि जैव, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३–३ विकेट लिए । जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिए ।
प्रतिक्रिया