काठमाडौं । गत बुधबार सम्पन्न नेपाल बैंकर्स संघको ३८ औं वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी उपाध्यक्षमा निर्विरोध चुनिएका छन् भने एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पुनः दोस्रो कार्यकालका लागि सदस्यमा चयन भएका छन् । त्यसैगरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल पनि सदस्यमा निर्वाचित भएका छन् ।
संघको नयाँ कार्यसमितिमा अध्यक्ष कोइराला, उपाध्यक्ष रेग्मी, निवर्तमान अध्यक्ष सुनिल केसी, सदस्यका रुपमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबीआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका रामचन्द्र खनाल, नेपाल बैंकका तिलकराज पाण्डे छन् । सल्लाहकारको भूमिकामा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सीईओ अशोक राणा रहेका छन् । त्यस अवसरमा बैकर्सं एशोसियसनले सिनियर बैकर्स किरण कुमार श्रेष्ठ, रत्नराज बजचार्य र राजनसिंह भण्डारीलाई सम्मान गरेको थियो ।
नव निर्वाचित अध्यक्ष कोइराला २०३० सालमा पूर्वी पहाडको भोजपूरमा जन्मिएका हुन् । कोइरालाले झापाको वीरेन्द्र माविबाट २०४५ सालमा १५ वर्षको उमेरमा प्रथम श्रेणीमा एसएलसीमा उत्तीर्ण गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा प्राइभेटतर्फ एमबीएमा प्रथम भएका उनले सन् २००० मार्चको महिनाबाट बैंक अफ काठमाण्डूबाट जागिर थालेका हुन् । त्यसपछि सानिमा विकास बैंकमा बैंक अफ काठमाण्डै भन्दा एक तह माथिको जागिर खादै गर्दा उनि कर्मचारी हुदै म्यानेजर बनेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकको सिनियर म्यानेजर ,डेपुटी सीईओ हुदै २०७७ वैशाख १ गतेदेखि लागू हुनेगरी उनि प्रमुख कार्यकारी अधिकृत बनेका थिए । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले कोइरालालाई पुनः ४ वर्षका गत बैसाखमा दोस्रो कार्यकालका नियुक्त गरेको हो । नवनिर्वाचित अध्यक्ष कोइरालाले संघ सबैको साथ र सहयोगको साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया