काठमाडौं । एकदिवसीय यू–१९ सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले हङकङसामु २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको हो ।
नेपालका लागि सोहिल कुँवरले ९ चौका र एक छक्का हान्दै सर्वाधिक ८१ रन जोडे । सन्तोष यादव ५४ बलमा ६६ रनमा अविजित रहे । कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलि ४१ रनमा आउट भए ।
बलिङमा डेनियल म्यापले सर्वाधिक ३ विकेट लिए । सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया