देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले सांसद पोख्रेलकी श्रीमती कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी

देशान्तर

काठमाडौं । कर्सीयामा रहेको उमागौरी सहकारीमा भएको रकम अपचलनका विषयमा एमालेका सांसद ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


उक्त ठगी प्रकरणमा कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो । योे सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियोग पत्र दायर भएको छ । अभियोग पत्रमा उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी गरिएको छ ।


सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्व सञ्चालक हुन् । सहकारी सङ्कटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।