देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट – नेपालले दियो भारतलाई जितका लागि ९५ रनको लक्ष्य

देशान्तर

काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९४ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले २५ रनको योगदान गरिन् ।


तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४० बलको सामना गरी तीन चौका पनि हिर्काइन् । ओपनर साना प्रविन ३३ बलमा नौ रन र सावित्री धामी चार बलमा तीन रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएकी सोनी पाख्रिनले आठ रन जोडिन भने ज्योत्सनिका मरासिनी ६ रन र सिमाना केसी शून्य रनमै आउट भए । एलिसा यादबले अविजित २० रन थपिन् । एलिसाले नौ बलको सामना गरी चार चौका प्रहार गरिन् ।

अनु कडायत एक रनमै पभेलियन फर्किइन् । कुशुम गोदार पनि एक रनमै आउट भइन् । रचना कुमारी चौधरीले अविजित तीन रन बनाइन् । नेपाली टोलीले अतिरिक्त रूपमा पनि १८ रन पायो । भारतीय टोलीकी बलर परुनिका सिसोदियाले चार विकेट लिइन् । अनन्दिता किशोर र मिथिला विनोदले पनि एक–एक विकेट हात पारे । मंगलबारको खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । आठ दिनसम्म चल्ने प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । बंगलादेश, श्रीलंका र मलेसिया समूह ‘ए’ मा छन् ।