काठमाडौँ । युरोपेली देश पोल्यान्डमा मुख्य कार्यालय रहेको एसएमएस सर्भिस फर यु कम्पनीले सञ्चालन गरेको अनलाइन बजार ‘मेरो रिजर्भेसन’ ले आउँदो जनवरीमा अफिलियसन अनलाइन प्रतियोगिता गर्ने भएको छ । एक महिना सम्म चल्ने यो प्रतियोगितामा सहभागी हुन इच्छुक ‘मेरो रिजर्भेसन’ को अनलाइन ,इमेल र फेसबुक मार्फत मार्फत निःशुल्क नाम दर्ता गर्न सक्छन् । हाल पोल्यान्ड भरका लागि आयोजना गरिएको प्रतियोगितामा ५० जनाले मात्र भाग लिन पाउने र प्रतियोगी मध्य उत्कृष्ट हुनेले नेपाली पचास हजार पुरस्कार पाउने संस्थापक मित्रलाल पार्धेले जनाकारी दिएका छन् । प्रतियोगिता नतिजा फेब्रुअरीमा सार्वजनिक हुने छ । प्रतियोगी मध्यका विजेतालाई जुन सहरमा बस्छन् एक वर्षका लागि त्यस सहरको ‘मेरो रिजर्भेसन’को ब्रान्ड एम्ब्यास्डरमा नियुक्त गरिनुका साथै एक वर्षको लागि विजेता बसेको सहरमा बस तथा ट्रेनको यात्रा निःशुल्क उपलब्ध गराइने छ । साथै सुगरको समस्या रहेछ भने ब्रान्ड एम्ब्यास्डरलाई १५ दिनको लागि रगत जाँच गर्ने सेन्सर मेसिन निःशुल्क उपलब्ध गराइने पनि संस्थापक पार्धेले जानकारी दिएका छन् । यस अघि ‘मेरो रिजर्भेसन’ को नेपालका लागि ब्राण्ड एम्ब्यास्डरमा प्रसिद्ध गीतकार लोकराज अधिकारी नियुक्त भई ‘मेरो रिजर्भेसन’ का गतिबिधीहरुलाई प्रवर्द्धन गरिरहेका छन् । उक्त प्लेटफर्म मार्फत शून्य लगानीमा स्वरोजगार बन्न सकिने अर्थोपार्जन मार्फत दैनिकीलाई सहज बनाउन सकिने नवीनतम सोच भित्राएका कारण आफू जोडिएको अधिकारीले बताएका छन् । गीतकार अधिकारीले मेरो रिजर्भेसनको प्रचारात्मक गीत पनि लेखेका हुन् । ‘मेरो रिजर्भेसन’ नेपालमा पनि मेरो रिजर्भेसन प्रा ली मार्फत पनि सुरुवात गरिएको छ ।
‘मेरो रिजर्भेसन’ एउटा यस्तो प्लेटफर्म हो जहाँ हजारौँ कम्पनीका रिजर्भेसन सम्बन्धी अनलाइन वेबसाइटहरू भेट्न सकिन्छ । यो संस्थाबाट हवाई जहाजको सेवा देखी यातायात, होटेल , रेष्टुरेष्ट, कुरियर लगायत रिजर्भ गर्न र सेवा लिन सकिने साथै किनमेल पनि गर्न सकिन्छ । हजारौँ कम्पनीहरूको ब्यानर वेबसाइट राख्न अफिलियट अनुमति प्राप्त गरेर मात्र मेरो रिजर्भेसनमा राख्ने गरिएको छ । संस्थापक पार्धेले अनलाइनमा खेर गएको लाखौँ रुपैयाँ आफ्नो देशमा भित्राउन सकिने र हजारौँ नेपालीहरूको अवसर भएको दाबी गरेका छन् । ‘मेरो रिजर्भेसन’ भित्र सयौँ बुकिङ वेबसाइटहरू छन् । सयौँ सपिङ वेबसाइटहरू छन् । सयौँ टुर प्याकेजहरू छन् । लाखौँ होटेलहरू खोज्न सकिन्छ । सयौँ जहाजहरू विभिन्न अनलाइन वेबसाइट मार्फत खोज्न सकिन्छ । स्क्याइ स्क्यानर बुकिङ होटेल लुक फ्लेक्स बस साइट सिन ट्रेन रेल मनोरञ्जन सम्बन्धीका सामान किन्ने वेबसाइट खोज्न सकिन्छ । हालसम्म ‘मेरो रिजर्भेसन’ मा १० हजार भन्दा वेबसाइटहरूले अफिलियट पाएका छन् । ‘मेरो रिजर्भेसन’ विभिन्न कम्पनीहरूको वेबसाइट राखिदिने एउटा घर भएको उनले बताए ।
प्रतिक्रिया