काठमाडौं । एसिसी यु– १९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । जितका लागि पाकिस्तान यु– १९ ले दिएको १ सय ५ रनको लक्ष्य नेपाल यु–१९ ले १९ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो ।
पहिलो जितसँगै नेपाल महिला एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ । लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपालको जितमा कप्तान पूजा महतो नायक बनिन् । उनले बलिङ र ब्याटिङबाट टिमलाई जित दिलाइन् ।
पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो । अब नेपालले मंगलबार भारतसँग भिड्नेछ ।
प्रतिक्रिया