देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहसचिव दाहाललाई बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

देशान्तर

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् ।

बिमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बिमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका दाहाल बिमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।