देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेमाथि प्रहरीले अभद्र व्यवहार गरेको छैन : गृहमन्त्री लेखक

देशान्तर


सुर्खेत । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्ने हल्ला गलत भएको बताएका छन् । उनले अनुसन्धानको दायरामा रहेका लामिछानेमाथि न्यायपूर्ण तवरले अनुसन्धान कार्य जारी रहेको समेत प्रष्ट पारे ।

सुर्खेतमा आज पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित पार्ने काम भईरहेको पनि बताए ।


सहकारीको रकम अपचलनका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान नभई अरु पनि यसमा तानिएका छन् भन्दै गृहमन्त्री लेखकले अनुसन्धान हुँदै गर्दा अदालत घेर्ने काम भएको छ, यस्ता विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेकोमा असन्तुष्टि समेत जनाए । सडकमा हुल देखाएर कसैलाई न्याय नमिल्ने पनि गृहमन्त्री लेखकको भनाई छ ।