काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ । यसैक्रममा उनलाई आज पोखराबाट काठमाडौं हँुदै पर्साको बीरगञ्ज लगिएको छ ।
लामिछानेलाई आजै दिउँसो उडानमार्फत सिमरा र त्यसपछि स्थलमार्ग हुँदै पर्साको बीरगञ्ज लगिएको छ । पर्सामा रहेको हाम्रो साईनो पाईला सहकारीको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धान हुने भएको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्याइएको प्रहरीले जनाएको छ । यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो ।
प्रतिक्रिया