काठमाडौं– नेपाली कांग्रेसले बीआरआई फ्रेमवर्क अन्तर्गतको सहमति अन्तर्गत परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने पहिलादेखिको काँग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको स्पष्ट पारेको छ ।
आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यासम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सम्झौताले अनुदान लिने बाटो बन्द नगरेको समेत ठहर गरेको छ ।
बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पहिलादेखि नै काँग्रेसको निर्णय ऋण नभई अनुदान मात्र भएको भन्दै त्यही निर्णयमा काँग्रेस कायम रहेको बताए । बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङमा भनेर सहमति भएको भन्दै त्यसअन्र्तगत पनि अनुदानबाट परियोजना सञ्चालन गर्न सकिने उनले स्पष्ट पारे ।
उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा फेरि सहमति आवश्यक रहेको भन्दै त्यति बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने पनि बताए । ‘बिआरआई फ्रेमवर्कअन्तर्गत १० परियोजना सूची रहेको भन्दै प्रवक्ता महतले जुनमा अनुदान दिन चीन तयार हुन्छ त्यो परियोजना मात्रै सम्झौता र अघि बढ्छ, ऋण नलिने समेत बताए ।
उनले ऋण लिएर बनाएका परियोजना फलदायी नभएकोले ऋण लिन सक्ने अवस्था नरहेको पनि बताए । नेपालले ऋण लिँदैन भन्ने कुरा चीनले पनि बुझिसकेको प्रवक्ता महतको भनाइ छ।
प्रतिक्रिया