सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वकानुनमन्त्री लिलाबल्लभ अधिकारी विरुद्ध मुद्दा नचल्ने ठहर गरेको छ । यसअघि मानव तस्करीमा मुछिए पनि जिल्ला सरकारी वकिल कार्यालयले उनलाई उन्मुक्ति दिएको थियो ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि प्रशासनबाट दरपिठ गर्ने निर्णय कानुनसम्मत नै भएको आदेश गरेको हो ।
यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रवार सर्वोच्चमा रिट पेस गरेका थिए । मङ्सिर १६ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए ।
त्रिपाठीले अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट सर्वोच्चमा पेस गरेका थिए । सर्वोच्चको यो आदेशसँगै अब अधिकारीमाथि कुनै अदालतमा तत्काल मुद्दा नचल्ने भएको हो ।
प्रतिक्रिया