देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देशान्तर

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि लगिएको थियो ।
उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेर अदालत उपस्थित गराइएकोमा अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ ।