काठमाडौँ । सहकारी ठगी , सङ्गठित अपराध र सम्पत्ति शुद्धि करणको छानबिनका लागि प्रहरी नियन्त्रणमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेर अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ ।
प्रतिक्रिया