देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौँः मन्त्री पौडेल

देशान्तर


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को उदघाटन गर्दै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए ।
उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउने दाबी गरे । निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर रहेको उनको भनाई थियो । भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शङ्का नगर्न आग्रह गर्दै उनले विमानस्थलमा अर्को टर्मिनल भवन निर्माण आवश्यक भएको बताए ।
मन्त्री पौडेलले भैरहवालाई समुन्नत र आधुनिक सहरका रुपमा विकास गरिने धारणा राखे । उनले निर्माणधीन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायणगढ सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको उनको भनाई थियो ।