काठमाडौं । चीन भ्रमणबाट आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ऋण लिने सम्झौता नगरेको बताएका हुन् । ओलीले चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको भन्दै बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा छुट्टै छलफल गर्ने बताए ।
आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताए । नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध कसैको विरुद्ध नभएको र भारतीय नेताले पनि नेपाललाई भड्काउने कुरा नगरेको ओलीले बताए ।
प्रतिक्रिया