देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

देशान्तर


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए । वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उहाँले आप्रवासी महिला कामदारलाई शोषण र दुव्र्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशील रहेको जानकारी दिए ।


संविधानको भावना अनरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधयेक सङ्घीय संसद्को आगामी अधिवेशनमा पेस हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ थियो । जातीय आधारमा हुने विभेद्, अपमान र सबैखाले हिंसा अन्त्यलगायतका १६ बँुदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृती महिला महासङ्घ लगायतका २६ वटा संस्थाका प्रतिनिधि आएका थिए ।