देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले प्रस्तुत गर्‍याे १३९ रनको लक्ष्य

देशान्तर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले आफ्नो दोस्रो खेलमा निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको हो ।

पोखराका मार्कस क्रिटचेलीले सर्वाधिक ३५ रन बनाए । ललित राजवंशीले गरेको १६.३ ओभरमा अनिल साहबाट क्याच हुनुअघि उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

माइकल लियस्कले २५ रन बनाए । २०औँ ओभरको चौथो बलमा आउट भएका लियस्कले १३ बलमा तीन छक्का प्रहार गरे । उनलाई किशोर महतोले आसिफ सेखबाट क्याच गराए ।

आन्द्रियस गौसले १६ बलमा तीन चौका र एक छक्कासहित २० रन थपे । गौसलाई चौथो ओभरका छैटौँ ओभरमा ललित राजवंशीले आसिफ सेखबाट क्याच गराए । रेमन रेफरले २० बलमा एक चौकासहित १७ रन थपे । रेफरलाई जिम्मी निसमले १८.३ ओभरमा अनिल साहबाट क्याच गराए । ओपनर दीनेश खरेल र दीलिप नाथले क्रमशः १० र ११ रन थपे ।

जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३१ रन थपे । जिम्मी निसमले दुई विकेट लिए । यस्तै, किशोर महतो र मोहमद मोहसिनले समान एक विकेट लिए ।

एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो ।

प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो । पोखरा आज पहिलो जितको खोजीमा छ ।