काठमाडौँ । फ्रान्समा तीन महिनाअघि मात्र गठन भएकाे प्रधानमन्त्री मिसेल बार्नियरकाे सरकार ढलेको छ । फ्रान्सको संसद्बाट अविश्वासको प्रस्ताव पारित भएसँगै उनको सरकार ढलेको हो ।
बार्नियरको विश्वासको मत पाउन नसकेसँगै फ्रान्स नयाँ राजनीतिक सङ्कटमा पुगेको छ । त्यहाँको संसद्मा कुनै पनि दलको बहुमत छैन ।
संसद्मा वामपन्थी गठबन्धनले पेस गरेको अविश्वासको प्रस्तावको पक्षमा ३३१ मत परेको थियो । जबकि, प्रस्ताव पारित गर्न २८८ मत पर्याप्त थियो ।
तीन महिनाअघि मात्रै नियुक्त भएका कन्जरभेटिभ नेता बार्नियरले बिहीबार राजीनामा दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया