देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ऊर्जा मन्त्री खड्काका लागि प्राधिकरणमा नयाँ कार्यकक्ष

देशान्तर

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकक्ष निर्माण गरिएको छ ।
मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ । डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मन्त्री खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच द्वन्द्व बढिरहेका बेला खड्काले नयाँ कार्यकक्ष निर्माण गर्न लगाएका हुन् । बुधबार सचिवसहित पुगेका खड्कालाई प्राधिकरणका उपनिर्देशक मनोज सिलवाललगायत कर्मचारीले स्वागत गरेका थिए ।