देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३७ स्थानको नतिजा सार्वजनिक- नेपाली कांग्रेस १६ स्थानमा विजयी

देशान्तर

काठमाडौं । स्थानीय तहका रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति आइतबार भएको मतदानको हाल सम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । । काठमाडौंको कीर्तिपुर नगरपालिका, हुम्लाको सर्केगाड गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भने मतगणना जारी छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेसले १६ स्थान जितेको छ । हालसम्मको नतिजा अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । यस्तै कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार इच्छाकुमार महर्जन निर्वाचित भएका छन् ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार नमोनारायण माझी निर्वाचित भएका छन् । जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की उमदेवार देवका लामिछाने निर्वाचित भएकी छन् । रौतहटको गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का उमेदवार निर्वाचित भएका छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उमेदवार जंगबहादुर शाही निर्वाचित भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार प्रकाश चन्द निर्वाचित भएका छन् ।


काठमाडौंको काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार कृष्ण घिमिरे निर्वाचित भएका छन् ।तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार नगेन्द्र लिम्बू निर्वाचित भएका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सुलोचनाकुमारी भण्डारी निर्वाचित भएकी छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमदेवार सुनील कापर केवट निर्वाचित भएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का मोहमद ताहिर मुसलमान निर्वाचित भएका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेपालका देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् ।
रौतहटको राजपुर नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका समसेर आलम निर्वाचित भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित भएका छन् । ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का सकिवुल खाँ निर्वाचित भएका छन् । झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक निर्वाचित भएका छन् । गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भएका छन् ।

दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का लालबहादुर शाही निर्वाचित भएका छन् । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह निर्वाचित भएका छन ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका भूपमणि पुनमगर निर्वाचित भएका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का गंगाबहादुर तामाङ निर्वाचित भएका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धनसिंह कुँवर निर्वाचित भएका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मोतिराम खत्री विजयी भएका छन् । कालीकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्गराज शाही निर्वाचित भएका छन् ।