काठमाडौं । कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार सातसय ४२ मत ल्याएर बानियाँ विजयी भएका हुन् ।
बानियाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत ल्याइन् भने माओवादी केन्द्रका नारायण विष्टले २८७ मत ल्याए ।
अघिल्लो निर्वाचनमा खड्काका पति श्यामकुमार अधिकारी विजयी भएका थिए। अधिकारीको निधनपछि उनकी पत्नी उपनिर्वाचनमा कीर्तिपुर ४ मा उम्मेदवार बनेकी थिइन्।
कीर्तिपुर- ४ मा यो निर्वाचनमा एमाले चौथो भएको छ। एमाले उम्मेदवारले १५३ मत ल्याउँदा राप्रपाका बिजेस बस्नेतले ८७ मत पाएका छन्।
प्रतिक्रिया