मंसिर लागेस“गै काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढ्न थालेको छ भने केही उच्च पहाडी क्षेत्रमा त हिउ“समेत पर्न थालिसकेको अवस्थामा चिसो बढ्दा गरिब र विपन्न परिवारलाई समस्या पर्न थालेको छ र यो समस्या पुस र माघमा अझैं बढ्ने निश्चित जस्तै छ । न्यानो नाना, तातो खाना र जाडो छेक्ने घर नहुनेहरू कतिपयले त चिसोकै कारण ज्यान गुमाएका घटनाहरू प्रत्येक वर्ष बढेकै छ । चिसोको कारण हुने रोगहरू रुघाखोकी, दम निमोनियाजस्ता बिरामीहरूका कारण अस्पतालमा संख्यासमेत बढ्दै गएको छ । यसरी जाडो बढिरह“दा प्रभावित हुने नागरिकलाई चिसोबाट जोगाउन सरकारले भने खासै योजना बनाएको छैन । र नागरिकलाई सचेतना पनि जगाएको देखि“दैन । त्यसैले सरकारले जनतालाई सचेत गराई स्वयं बच्न र बचाउन जिम्मेवारी लिनुपर्ने देखिन्छ । ज्यान गुमाइसकेपछि मात्रै राहत सामग्री लिएर जाने प्रचलन यसपालि नदोहोरियोस् भन्ने सर्वत्र माग छ ।
यता जाडोयाम सुरु भएस“गै धेरै रोग निम्त्याउने गरी वायु प्रदूषणसमेत बढेको छ । वातावरणविद्हरूले चिसोको समयमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन् भने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार हिजोआज काठमाडौं उपत्यकाको वायु प्रदूषण १५५ एक्यूआई हाराहारीमा छ र यो अझै बढ्ने सम्भावना छ । काठमाडौं विश्वको छैटौं प्रदूषित सहरका रूपमा सूचीकृत भइसकेको छ । काठमाडौंस“ग नजिक रहेको दक्षिण एसियाको अर्को ठूलो सहर भारतको नया“दिल्ली त अहिले विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा छ ।
सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआई राम्रो मानिन्छ । १ सय नाघेपछि त अस्वस्थ मानिन्छ । यसले श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई झनै असर गर्छ । यसकारण काठमाडौं उपत्यकाको वायु प्रदूषणको अवस्था अस्वस्थको सूचीमा रहेको छ र यसले थप समस्या ल्याउन सक्ने देखिन्छ । सामान्य अवस्थामा तातो हावा माथि जाने र चिसो हावा तल रहने हुन्छ । काठमाडौंको आकाशमा चिसो हावा तल रह“दा यहा“को धुवा“ धूलो माथि जान सकेको छैन, जसले प्रदूषण बढाएको छ । विशेषगरी धुवा“ र धूलोले नै यहा“को वायुमण्डल प्रदूषित बनाएको हो । सवारी साधनले फाल्ने धुवा“, आगो बाल्दा निस्किने धुवा“ तथा सडकबाट निस्केको धुलोले अहिले उपत्यकाको आकाशमा बाक्लो तु“वालो लाग्न थालेको हो । यो अवस्था लम्बि“दै जा“दा यहा“का नागरिकहरूमा गम्भीर स्वास्थ्य समस्या आउन सक्छ । पछिल्लो एक अध्ययनका अनुसार नेपालमा वार्षिक ४८ हजार पा“च सय मानिसको मृत्यु वायु प्रदूषणबाट हुने गरेको छ । चिसोस“गै वायु प्रदूषणसमेत बढिरह“दा यसलाई न्यूनीकरण गर्नेतर्फ भने सरकार र सरकारी निकाय अनि प्रदेश तथा स्थानीय तहले कुनै पहल गरेका छैनन् । नदी किनारमा त फोहोर जम्मा पारेर आगो लगाउने, प्लास्टिक पोल्ने जस्ता काम रोकिएको छैन ।
नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हकमा राखेर वातावरणीय पक्षलाई प्राथमिकता दिएको छ । सरकारले प्रदूषण नीति पनि बनाएको छ । कार्यान्वयन गर्ने निकाय पनि छन् । तर, ती सबै कागजमै सीमित छन् । वातावरणीय न्याय कार्यान्वयनको पक्ष कमजोर छ । राज्यले प्रदूषितरहित वातावरणमा बा“च्न पाउने हक कार्यान्वयनका लागि स्पष्ट नीति बनाउन र त्यसको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । लोकतान्त्रिक मुलुकमा नागरिकको शिक्षा र स्वास्थ्यलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । नागरिकले सहज रूपमा जीवनयापन गर्न पाउने विषयलाई राज्यले प्राथमिकता दिन्छ । नागरिकको जीवनरक्षा सबैभन्दा महŒवपूर्ण विषय पनि हो । नेपालमा तीन तहका सरकार छन् । ती सरकारस“ग जनशक्ति र प्रविधि पनि छन् । तर, कसैले पनि इमान्दारितापूर्वक काम नगर्दा सबैभन्दा बलिया र अधिकारसम्पन्न भनिने नागरिक नै निरीह बन्दै गएका छन् । प्राकृतिक विपत्ति त छ“दै छ, जाडो र प्रदूषणका कारणसमेत ज्यान गुमाउनुपर्ने अवस्था छ ।
प्रतिक्रिया