देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी ठगी : रवि लामिछानेसँग आज काठमाडौंमा बयान लिइँदै

देशान्तर

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौले बयान लिँदै छ । अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो बिहीबार काठमाडौं ल्याइएको थियो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा बयानका लागि उनलाई बिहिवार काठमाडौं ल्याइएको हो ।काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता गरिनेछ ।

स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले लामिछानेविरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो । उनी अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत कात्तिक २ मा पोखरामा पक्राउ परेका थिए । प्रहरीका अनुसार सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान भने सकिएको छ ।

कास्की जिल्ला अदालतले आइतबार पाँचौँपल्ट म्याद थप्दै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । साहारा चितवन सहकारीको रकम ठगीको अनुसन्धानमा विरुद्ध पक्राउ पुर्जी जारी भए पनि लामिछानेलाई चितवन लैजाने वा नलैजानेबारे निर्णय भइसकेको छैन ।