बेरुत । लेबनानमा सक्रिय हिजबुल्लाह समूहले दुई महिनाअघि इजरायली आक्रमणमा मारिएका आफ्ना शीर्ष नेताको अन्त्येष्टिको तयारी भइरहेको बताएको छ ।
हिजबुल्लाहको राजनीतिक परिषद्का उपनेता महमुद कोमाटीले इजरायली आक्रमणमा मारिएका पूर्वप्रमुख हसन नसरल्लाहको औपचारिक अन्त्येष्टिको तयारी भइरहेको बताए ।
हिजबुल्लाहले नसरल्लाहको मृत्युपछिको प्रतिकुल परिस्थितिका कारण भन्दै ‘अन्त्येष्टिको कार्यक्रम’ स्थगित गरेको थियो ।
बेरुतको दक्षिणी उपनगरमा आयोजित पत्रकार सम्मेलनमा कोमाटीले भने, ‘हामी नसरल्लाहको अन्त्येष्टिका लागि तयारी गरिरहेका छौं।’
लेबनान र इजरायलबीच युद्धविरामको घोषणा भएकै दिन हिजबुल्लाह समूहले आफ्ना नेताको अन्त्येष्टिको तयारी भइरहेको जनाएको हो ।
प्रतिक्रिया