काठमाडौं । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले हत्याका मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको हो । मुख्य आरोपीलाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै छ ।
गत ३२ जेठमा बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा क्याम्पस प्रमुख कुशवाहा माथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो ।
त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
कुशवाहाले जग्गासम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया