अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बम आक्रमणको धम्की आएको छ । ट्रम्पले छनोट गरेका आवास, कृषि र श्रम विभागको नेतृत्व र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि भएको छनोट विरुद्ध धम्कीहरू आइरहेका बीबीसीले जनाएको छ ।
यसअघि ट्रम्पमाथि चुनावी अभियानका क्रममा दुईवटा हत्या प्रयास भएका थिए । ती आक्रमणबाट बच्न सफल भएका ट्रम्पले त्यसयता धम्कीपूर्ण टेलिफोनको सामना गर्नुपरेको थिएन ।
अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले धम्कीहरूबारे आफूलाई जानकारी भएको भन्दै धेरै भ्रामक हल्ला पनि फैलिरहेकोले सचेत हुन आवश्यक रहेको बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोले सुरक्षा र अनुसन्धानलाई प्रभावित बनाउने खालका झुट्टा विवरणसहितको टेलिफोन आइरहेको एफबीआईको भनाइ छ ।
राष्ट्रपति जो बाइडेनलाई धम्कीको बारेमा जानकारी गराएको ह्वाइट हाउसले जनाएको छ । सम्बन्धित सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन चुस्त प्रहरी सुरक्षाको व्यवस्था गरेकाले नआत्तिन ह्वाइट हाउसले आग्रह गरेको छ ।
प्रतिक्रिया