देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तह उपनर्वाचनको मौन अवधि सुरु

देशान्तर

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि आजबाट सुरु हुँदै छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन ।

आज राति १२ बजेदेखि निषेधित अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आगामी आइतबार मतदान हुँदै छ ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।