काठमाडौँ । नेकपा माओवादी केन्द्रको बुधबार बसेको पदाधिकारी बैठकले दुईवटा कार्यदलले पेस गरेको सुझाव प्रतिवेदन अनुमोदन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंसिर ४ गते बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।
प्रदेशमा अध्यक्ष, दुई उपाध्यक्ष, दुई सहसचिव, सचिव र कोषाध्यक्ष रहने गरी कार्यविधि पारित गरेको छ । टोलमा अध्यक्ष र सचिव तथा सेलमा सेक्रेटरीमात्र रहने व्यवस्था गरिएको छ । माओवादीको केन्द्रीय समिति बैठकपछि प्रदेश सम्मेलन हुँदैछ ।
प्रतिक्रिया