देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिलो त्रैमाससम्म आइपुग्दा सिमेन्ट कम्पनीहरुमध्ये शिवम् सिमेन्ट्स मात्र नाफामा

देशान्तर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिमेन्ट कम्पनीहरुमध्ये शिवम् सिमेन्ट्स मात्र नाफामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा शिवम् ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो । सूचीकृत बाँकी ३ सिमेन्ट कम्पनी भने घाटामा छन् । यस कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १ अर्ब ६२ करोडबाट घटेर १ अर्ब ४० करोड कायम भएको छ । बिक्री लागत भने १ अर्ब ४५ करोडबाट घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । कम्पनीको अन्य आम्दानी २ करोड १२ लाखबाट बढेर १० करोड ५७ लाख पुगेको छ । अन्य आम्दानी बढ्दा नाफा पनि बढेको हो । वित्तीय खर्च भने जम्मा २७ लाख रुपैयाँ रहेको छ । जुन सूचीकृत ४ कम्पनीहरुको भन्दा कम हो ।

शिवम् सिमेन्ट्सले शिवम् होल्डिङ्सबाट पनि लाभांश पाउने गरेको छ । होल्डिङ्सको होङ्शी सिमेन्टमा लगानी छ । पहिलो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको ४ अर्ब ५८ करोड ५२ लाख रुपैयाँ लगानी सहायक कम्पनीहरुमा लगानी देखिएको छ ।

यस कम्पनीले उक्त रकमबाट सेयरधनीलाई लाभांश वितरण गर्न मिल्छ । उक्त रकमबाट मात्रै कम्पनीले सेयरधनीलाई १९ प्रतिशतसम्म लाभांश वितरण गर्न मिल्ने देखिन्छ । सन् २००३ मा स्थापना भएको नेपालमा एक प्रमुख सिमेन्ट उत्पादकयस कम्पनीले ०११ मा व्यावसायिक उत्पादन सुरु गरेको हो । जसको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन छ ।

कम्पनीले १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरेको दाबी गरेको छ । यो सबैभन्दा धेरै सिमेन्ट बिक्री गर्ने कम्पनी पनि हो । साथै, यसले भारतमा पनि निर्यात थालिएको छ । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडको ओर्डिनरी पोर्टल्याण्ड सिमेन्ट उत्पादन गर्छ । शिवम् सिमेन्टले चिनियाँ कम्पनी होङ्शी होल्डिङ्ससँगको साझेदारीमा होङ्शी शिवम् सिमेन्टमा ३०५ हिस्सेदारी राखेको छ । यसले नेपालको सिमेन्ट उद्योगमा यसको स्थान थप मजबुत बनाएको छ । शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ । शिवम् सिमेन्ट्सको प्रतिसेयर आम्दानी मात्र घनात्मक छ । सूचीकृत अरु कम्पनीहरुको इपीएस ऋणात्मक छ ।