काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीको शीर्ष नेताहरूको बैठक बसेको हो ।
बैठकमा पार्टी सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्क र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी थिए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, चिनियाँ परियोजना बीआरआईलगायतको विषयमा छलफल भएको थियो । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ ।प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ ।
प्रतिक्रिया