काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहकोे उपनिर्वाचनमा सम्बन्धित ठाउका मतदाता रहेका स्थानीय तहका सरकार र सरकारको नियन्त्रणमा सञ्चालित निकायहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूलाई विशेष बिदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।
आयोगले मतदाता नामावलीमा नाम समावेश भएका कर्मचारी वा पदाधिकारीलाई उपनिर्वाचनका दिन विशेष बिदाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय गरेको हो । आयोगले यसअघि नै उपनिर्वाचन हुने स्थानीय तहमा बिदा दिन पत्र पठाइसकेको छ ।
प्रतिक्रिया