देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेलाई गरेको जरिवानाको पत्र हुलाक र इमेलमार्फत पठाइयो

देशान्तर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई गरेको जरिवानाको पत्र हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोली संग एमालेले दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।

आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो । एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो ।