देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काे बन्ला धितोपत्र बोर्डकाे अध्यक्ष ? तीनजनाको नाम सिफारिस

देशान्तर

नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनारायण श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।

समितिबाट सिफारिस भएका तीनैजनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस हुनेछ । सरकारले सिफारिसमा परेका तीन जनामध्येबाट एकजनालाई नियुक्त गर्नेछ ।

योसँगै झण्डै ११ महिनापछि बोर्डले नेतृत्व पाउने भएको छ । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नहुँदा लामो समयदेखि सार्वजनिक निष्कासन (आईपीओ) का स्वीकृति प्रक्रिया रोकिएका छन् ।