काठमाडौं । भक्तपुर जिल्लाभित्रका ४ वटा नगरपालिकामध्ये साबिकको चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकालाई समेटेर बनेको चाँगुनारायण नगरपालिका ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टिकोणले परिचित नगरपालिका हो । लिच्छविकालीन धार्मिक, सांस्कृतिक ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण र विश्व सम्पदा सूचीमा सूचीकृत श्री चाँगुनारायण मन्दिर रहेकोले सो मन्दिरको नामबाट नै नगरपालिका नामकरण भएको हो । नेपालको पहिचान झल्काउने सबैभन्दा पुरानो मन्दिर चाँगुनारायण हो । यो मन्दिर करिब १६०० वर्ष पुरानो मानिन्छ । यसको वास्तुकला अत्यन्तै उत्कृष्ट छ । चाँगुनारायण नगरपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने थु्रपै्र सम्भावनाहरू छन् ।
समुन्द्री सतहबाट १,३७२ देखि २,१९१ मिटर उचाइमा रहेको नगरपालिकाको पूर्वमा मण्डन देउपुर नगरपालिका, काभ्रे पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं र मध्यपुर ठिमी नगरपालिका, उत्तरमा शंखरापुर नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिका रहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर र विश्वभरका पर्यटक आकर्षित गर्ने मनोरम प्राकृतिक छटाले सुसज्जित पर्यटकीय दृष्टकोणले अत्यन्त महत्वपूर्ण नगरकोट यहाँको आकर्षणयुक्त प्रमुख क्षेत्रको रूपमा रहेको छ । ६२ दशमलव ९८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा नौ वटा वडा छन् ।
चाँगुनारायण नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक र उदाहरणीय छन् । उत्पादनमूलक आयमूलक, रोजगारमूलक आयोजना तथा कार्यहरू छनोट गरी त्यसबाट आउने प्रतिफल आम जनसमुदायमा सन्तुलित प्रकारबाट पु¥याएर समृद्ध समाजको निर्माण गर्दै आएको छ यस नगरपालिकाले । यस नगरपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, कृषि विकास, पर्यटन प्रवद्र्धन, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, पूर्वाधार निर्माण प्रमुख प्राथमिकता दिंदै आएको नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिएका छन् । आफ्नै भवन, आफ्नै लोगो र आफ्नै गान यस नगरपालिकाको शान हो । विकासको पहिलो स्तम्भ शिक्षा हो । यस नगरपालिकाले शिक्षामा विशेष ध्यान दिँदै आएको छ । शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै नगर क्षेत्रभित्रका विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस नगरपालिकाले प्रशस्तै कामहरू गरेको छ ।
नगर क्षेत्रमा सामुदायिक विद्यालयहरूलाई पूर्णरूपमा व्यवस्थित गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस नगरपालिकाले सहयोग गर्दै आइरहेको छ । वचत खाता छोरीको ः सुरक्षा जीवनभरिको नाराका साथ सामुदायिक विद्यालयमा अध्ययनरत सबै छात्राहरूको बैंक खाता खोली वार्षिक रूपमा तोकिएको रकम जम्मा गर्ने व्यवस्था यस नगरपालिकाले गर्दै आएको छ । यस नगरपालिका २०७८ सालमा नै काठमाडौं उपत्यकाको पहिलो बालमैत्री स्थानीय शासन अवलम्बनयुक्त नगरपालिका घोषणा भएको छ । कृषिको आधुनिकीकरण, विविधीकरण तथा व्यवसायीकरण गरी आयआर्जनका लागि प्रभावकारी कामहरू भएका छन् यस नगरमा । उन्नत पशुपालन र व्यावसायिक कृषिमा विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न र किसानहरूलाई आत्मनिर्भर बनाउन समयानुकूल मलखाद, बीउबिजन र सरल र सुपथ मूल्यमा उपलब्ध गराउने प्रबन्ध नगरपालिकाले गर्दै आएको छ । कृषि र पशुपक्षी पालनमा दिइने अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आएको छ यस स्थानीय तहले ।
भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरू भएका छन् । नगर क्षेत्रभित्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने, सहायक सडकहरूलाई ढलान, ग्राभेल गरेर स्तरोन्नति गर्ने कामहरू भइरहेका छन् । जडीबुटी संरक्षण तथा वन विकासका कार्यक्रमहरू पनि यस नगरमा सञ्चालित छन् । बोजिनी ड्याम बहुउद्देश्यीय परियोजना तथा महादेव पोखरी बृहत् खानेपानी परियोजना पनि यस नगरमा सञ्चालनमा रहेका छन् । स्वास्थ्य क्षेत्रमा यस नगरपालिकाले फड्को मारेको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरू प्रविधि र पूर्वाधारयुक्त बन्दै गइरहेका छन् । आधारभूत स्वास्थ्यसेवालाई सर्वसुलभ, प्रभावकारी र गुणस्तरीय बनाउन पूर्वाधार विकास, नियमित औषधि, उपकरण आपूर्तिको व्यवस्था गर्दै आएको छ यस स्थानीय तहले । नगरवासीहरूका लागि निःशुल्क रगत र अक्सिजनको व्यवस्था गर्दै आएको छ । विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था पनि यस नगरपालिकाले गर्दै आएको छ । चाँगुनारायण क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न चाँगुनारायण नगरपालिकाले यहाँका सम्पदादेखि मौलिक संस्कृतिको विकासमा लगानी गर्दै आइरहेको छ । नगरपालिकाले पर्यटकीय पदमार्ग तथा एक हजार सिँढीको निर्माण गरेको छ ।
चाँगुनारायण नगर क्षेत्रले पर्यावरणीय, सांस्कृतिक, धार्मिक र कृषि पर्यटनमा थुप्रै सम्भावनाहरू बोकेको छ । यस नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न पूर्वाधार तथा सुविधाहरू उपलब्ध गराउन आवश्यक व्यवस्था गर्दै आएको छ । अधिकांश भूभाग भिरालो प्रकृतिको रहेको र मनोहरा खोलासँग जोडिएको हुँदा बर्सेनि आइपर्ने नदी कटान तथा भूक्षय र पहिरोजस्ता जोखिम यस नगरमा चुनौंतीको रूपमा रहेको छ । यस्ता विपद जोखिम न्यूनीकरणमा नगरपालिका लागेको छ । उद्यमशीलताको विकासका लागि यस नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम तथा उपमेयर महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सबै वडामा ज्येष्ठ नागरिक मिलन चौतारी सञ्चालनमा छन् । सीमित स्रोत साधनबाट नगरवासीहरूको असीमित आवश्यकता एकैसाथ सम्बोधन गर्नु निकै चुनौतीपूर्ण हुन्छ ।
यस नगरपालिकाले उपलब्ध स्रोत साधनको न्यायोचित र उच्चतम प्रयोग गर्दै चाँगुनारायणलाई विकासले सुसम्पन्न गर्ने अभियानका साथ अगाडि बढेको छ । सुशासन तथा पारदर्शिताका लागि यस नगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रूपमा अंगीकार गरि त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ । यस नगरपालिकाको न्यायिक समितिमार्फत नगरवासीहरूलाई परेको समस्या नगरमै समाधान हुँदै आएका छन् । न्यायिक समितिमा परेका उजुरीहरू न्यायिक समितिमार्पmत समझदारीमा बिना झन्झट समाधान भइरहेका छन् । नगरपालिकाले नगरवासीहरूको भावनालाई कदर गर्दै जनमुखी कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्दै आएको भने कृषि, पर्यटन र सामाजिक पूर्वाधार ः समृद्ध चाँगुनारायणको मूल आधार भन्ने नगरको नारालाई सार्थक बनाइरहेको छ यस स्थानीय तहले । नगरवासीका साझा धारणा, माग र आवश्यकताका विषयमा यस नगरपालिकाका जनप्रतिनिधिहरू सचेत र सजग छन् । सहमति, सहकार्य र भिजनका साथ अगाडि बढेमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण यस चाँगुनारायण नगरपालिकाले दिएको छ ।
प्रतिक्रिया