देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वव्यापी सुरक्षाबारे नेटो प्रमुखसँग ट्रम्पको छलफल

देशान्तर

काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख मार्क रूटसँग ‘नेटो गठबन्धनले सामना गरिरहेको विश्वव्यापी सुरक्षा मुद्दा’बारे छलफल गरेका छन् ।

शुक्रबार पाम बिचमा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीच बैठक भएको नेटोका फराह दखुल्लाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले नेटोको निष्पक्षतामाथि प्रश्न उठाएका थिए । उनले आक्रामक रूपमा युरोपलाई रक्षा खर्च बढाउन दबाब दिएका थिए ।

गत नोभेम्बर ५ मा ट्रम्प निर्वाचित भएको दुई दिनपछि नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री रूटले उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप प्रगाढ हुने खतराबारे छलफल गर्न चाहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपतिमा पुनरागमनका लागि ट्रम्पको शानदार विजयले युरोपमा युक्रेनका लागि वासिङ्टनको महत्वपूर्ण सैन्य सहायतामा रोक लगाउन सक्ने चिन्ता जगाएको छ।

नेटोका सहयोगीहरूले मस्कोविरुद्धको लडाइँमा किएभलाई राख्नु युरोपेली र अमेरिकी दुवै सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन्।

बुडापेस्टमा हालै आयोजित युरोपेली नेताहरूको बैठकमा रूटले भने, ‘उत्तर कोरिया, इरान, चीन र निश्चित रूपमा रुसले युक्रेनविरुद्ध मिलेर काम गरिरहेका हामीले देखेका छौँ ।’

उनले भने, ‘रूसले उत्तर कोरियाबाट सेनालाई ल्याई प्रयोग गरी प्योङयाङलाई टेक्नोलोजी सहयोग गर्दैछ र यसबाट अमेरिका र युरोपको मुख्य भूमिमा खतरा भएकोबारे उनले ट्रम्पसँग छलफल गर्नुभएको छ ।