काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ ।
आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो । ‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश छ ।
गत असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको छ ।
प्रतिक्रिया