देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनतामा भरोसा जगाउनका लागि पारदर्शी ,जवाफदेही र सुशासन पहिलो सर्त : राष्ट्रपति पौडेल

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी ,जवाफदेही र सुशासन पहिलो सर्त भएको बताएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित बरिष्ठ पत्रकार किशोर नेपालले लेखेको ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्दै उनले सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्यमान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिन नहुने बताए ।

राष्ट्रपति पौडेलले यो कुरामा ध्यान दिन सके लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधि लगायत अग्रजप्रति सच्चा सम्मान हुने आफूले ठानेको बताए ।त्यस अबसरामा राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि संग्रहणीय सामग्री हुने बताए ।


उनले महेन्द्रनारायण निधि बिपी कोइराला र समाजवादी नेता डा राममनोहर लोहियाका चिन्तनबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको भन्दै देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण पनि गरे ।