देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपा नेपालको दल विभाजन दल विवादको मुद्दा  तीन न्यायाधीशको पूर्ण इजलासमा पेसी

देशान्तर

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको दल विभाजन सम्बन्धमा दायर मुद्दामा सर्वोच्च अदालतले तीन न्यायाधीशको पूर्ण इजलासमा पेसी तोकेको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन विरुद्ध दायर गरेको मुद्धा न्यायाधीशहरू हरिप्रसाद फुयाँल, टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको हो । यादवको मुद्दा संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै २०८१ भदौ १३ गते पूर्ण इजलासमा पठाएको थियो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।