काठमाडौं । पर्यटनमन्त्री बद्री पाण्डे र सांसद राजेन्द्र बजगाईंबीच बजगाईले पाण्डेलाई लगाएको आरोप बारे पार्टी कार्यालय सानेपामा छलफलमा भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार भएको दुई नेताबीचको छलफलमा मन्त्री पाण्डेले सांसद बजगाईंले लगाएको आरोपले आफूलाई अप्ठेरोमा पारेको बताएका थिए भने बजगाईंले माफी मागेका थिए । यसअघि सामाजिक सञ्जालबाट पनि सांसद बजगाईंले क्षमा मागेका थिए ।
“सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ, त्यसकारण उक्त लांक्षित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।” बजगाईले भनेका थिए ।
प्रतिक्रिया