काठमाडौं । सभापित रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ गतेबाट गर्ने भनेको दोस्रो चरणको आन्दोलनका बारेमा आज थप छलफल गर्दै छ । हिजो उपसभापति डिपी अर्यालले बालाजुस्थित पार्टी केन्द्रीय कार्यालय आकस्मिक केन्द्रीय समितिको बैठक राखेका थिए । आन्दोलनको विषयमा निस्कर्षमा पुग्न नसकेपछि आज दिउँसो ३ बजे बैठक बस्नेगरी वैठक स्थगित गरिएको थियो ।
अहिले सडक आन्दोलनलाई निरन्तरता दिने विषयमा पार्टीभित्र अन्तरविरोध देखिएको छ । सहमहामन्त्री सुमना श्रेष्ठ केन्द्रीय सदस्य गणेश कार्की केन्द्रीय सदस्य असिम शाह , डा. प्रभात अधिकारी र खुस्बुसरकार श्रेष्ठ आन्दोलनको विपक्षमा रहेको तर रास्वपामा उपसभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीनकुमार आचार्यलगायत नेताहरू आन्दोलन चर्काउने पक्षमा रहेकोले अन्तरविरोध देखिएको हो ।
पार्टीमा आन्दोलनको विषयमा मतभेद भएपछि उपसभापति अर्यालले सभापति लामिछानेसँग परामर्श लिएर थप कार्यक्रमको रणनीति बनाउने तयारी गरेको र आजको बैठकबाट आन्दोलनबारे पार्टीभित्र समान धारणा बनाउने तयारी गरेको रास्वपाले जनाएको छ । रास्वपाले सभापति लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धानको माग गर्दै सडकमा उत्रिएको छ ।
प्रतिक्रिया