काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ । उनलाई बुधबार सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पु¥याइएको हो ।
साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सीआईबीले पक्राउ गरेको थियो ।प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनको तयारी गरिएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बुधवार माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।
प्रतिक्रिया