काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान उनलाई प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो । सोमबार मात्र प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको सामग्रीको प्रचार गरेका थिए ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया